क्याम्ब्रिज एनालिटिका मुद्दामा फेसबुकले ७२ करोड ५० लाख डलरमा सम्झौता गर्‍यो

डिसी नेपाल
९ पुष २०७९ ११:१६
24
Shares

काठमाडौं । फेसबुकले तेस्रो पक्षसँग प्रयोगकर्ताको डाटा आदान प्रदान गर्ने सम्बन्धमा मुद्दा सुल्झाउन ७२५ मिलियन डलरमा सम्झौता गरेको छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार यस मामिलामा फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी तेस्रो पक्षसँग साझेदारी गरेको आरोप लगाइएको थियो।

बेलायतको राजनीतिक परामर्श फर्म क्याम्ब्रिज एनालिटिका पनि तेस्रो पक्षमा परेको थियो । जुकरबर्गले क्याम्ब्रिज एनालिटिका काण्डमा गल्ती स्वीकार गरेका छन् । राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ ।

फेसबुकले आफ्ना ८७ मिलियन प्रयोगकर्ताको जानकारी क्याम्ब्रिज एनालिटिकासँग साझेदारी गरेको आरोप वादीले लगाएका छन् । फेसबुकले मुद्दा सुल्झाउन ७२५ मिलियन डलर तिर्न सहमत भएको छ।

बिहीबार अदालतमा मेटा प्लेटफर्म इन्कले यस प्रस्तावित सम्झौताको बारेमा अदालतलाई जानकारी दिएको छ। यो केस २०१८ मा सुरु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *