सिक्किममा भारतीय सेनाको ट्रक भिरबाट खस्यो, १६ सैनिकको मृत्यु
काठमाडौं । सिक्किमको उत्तरी क्षेत्रमा भारतीय सेनाको ट्रक गहिरो भिरमा खसेर १६ सैनिकको मृत्यु भएको छ । भारतीय सेनाको पूर्वी कमाण्डले जारी गरेको विज्ञप्तिमा उक्त घटना उत्तर सिक्किमको जेमामा भएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “दुर्घटनामा परेको गाडी तीनवटा सवारी साधनको लश्करको थियो। लश्कर छटेनबाट थाङ्गुतर्फ गइरहेको थियो। गाडी जेमा नजिकैको मोडमा गहिरो खाडलमा खसेको थियो ।”
घटनास्थलमा उद्धार टोली पठाइएको छ । त्यहाँबाट चार जना घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिएको छ । सेनाले यस दुर्घटनामा तीन जुनियर कमिशन्ड अफिसर र १३ सैनिकको मृत्यु भएको जनाएको छ । रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment