चार्ल्स शोभराजले नेपाल सरकार सहित अरू पनि कैयौं विरुद्ध मुद्दा हाल्ने

डिसी नेपाल
९ पुष २०७९ १२:१२
88
Shares

काठमाडौं । ‘द सर्पेन्ट’ र ‘बिकिनी किलर’ जस्ता उपनामले परिचित फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराजलाई शुक्रबार नेपालबाट फ्रान्स सुपुर्दगी गरिएको छ ।

चार्ल्स शोभराजलाई नेपाल आउन १० वर्षको प्रतिबन्ध पनि नेपाल सरकारले लगाएको छ । उनलाई कारागारबाट सिधै काठमाडौं विमानस्थलमा लगिएको थियो जहाँ उनलाई पेरिसको उडानमा राखिएको थियो।

पत्रकारसँग कुरा गर्दै चार्ल्स शोभराजले आफू निर्दोष भएको र न्यायका लागि लडिरहने बताए । उनले भने, “मलाई राम्रो महसुस भइरहेको छ र भविष्यको प्रतीक्षामा छु। मैले गर्नुपर्ने धेरै छ। मैले नेपाल सरकार लगायत धेरैलाई मुद्दा हाल्नु परेको छ।”

चार्ल्स शोभराजलाई नेपालमा सन् १९७५ मा दुई अमेरिकी पर्यटकको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको थियो ।

त्यसपछि सन् २०१४ मा नेपालकै अदालतले क्यानाडाली ब्याकप्याकरको हत्या गरेको अभियोगमा दोस्रो पटक जन्मकैदको सजाय सुनाएको थियो ।

७८ वर्षीय चार्ल्स शोभराज स्वास्थ्यका कारण शुक्रबार नेपाल कारागारबाट रिहा भएका छन् । उनले यसअघि १९ वर्ष जेल जीवन बिताइसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *