टाउको दुखेपछि २ चक्की औषधि खाँदा अस्पतालले नर्सलाई चोरीको आरोपमा जागिरबाट निकाल्यो

डिसी नेपाल
१० पुष २०७९ १३:०६
112
Shares

काठमाडौं । अस्पतालमा ड्युटीमा हुँदा एक नर्सलाई टाउको दुख्यो । त्यसपछि उनले अस्पतालको डिस्पेन्सरीबाट दुईवटा ट्याब्लेट लिएर खाइन् । अस्पतालले चोरी गरेको भन्दै प्रहरीलाई खबर गरेको थियो । यही चोरीका कारण उनलाई जागिरबाट निकालियो । यसैबीच अस्पतालले नर्सलाई बर्खास्त गर्ने निर्णयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । यस मुद्दामा अदालतले पनि नर्सलाई सजाय सुनाएको छ ।

३२ वर्षीया फ्रान्सेस्का मोर्गन बेलायतको लिभरपुलको वुलटन निवासी हुन् । उनी लिभरपुलको एरो पार्क अस्पतालमा कार्यरत थिइन् । ड्युटीमा रहँदा स्वास्थ्य राम्रो नभएपछि उनले अस्पतालको फार्मेसीबाट को-कोडामोल र पारासिटामोल ट्याब्लेट खाइन् । फ्रान्सेस्काले जब यी ट्याब्लेट खाइरहेकी थिइन्, त्यो सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा पनि कैद भयो र अस्पतालका कर्मचारीले उनलाई समातेका थिए ।

प्रारम्भिक अनुसन्धानमा उनले लिखित अनुमतिबिना यी चक्की सेवन गरेको खुलेको छ । यही अपराधका कारण उनलाई विरल मजिस्ट्रेट अदालतमा पेश गरिएको थियो । अदालतमा, फ्रान्सेस्कालाई चोरीको दुईवटा मुद्दामा दोषी पाइयो। फ्रान्सेस्काले गत वर्ष जुन ६ र जुन १८ मा दुवै चोरी गरेकी थिइन् ।

अस्पतालबाट केही औषधि गायब भएको अस्पताललाई पनि शंका लागेको थियो । अस्पतालले केही कर्मचारीले औषधि चोरेको आशंका गरेको थियो । यसपछि प्रहरीलाई पनि यस विषयमा जानकारी गराइएको थियो । त्यसपछि अस्पतालका कर्मचारीले गोप्य सीसीटीभी क्यामेरा जडान गरे । यसपछि मात्रै फ्रान्सेस्का चोरी गर्दागर्दै समातिइन् ।

अभियोजक योभन डब्सनले अस्पतालका कर्मचारीलाई अस्पतालमा हरेक दिन ट्याब्लेटको गणना गरिने गरेको थाहा नभएको बताए। अस्पतालका धेरै कर्मचारीले औषधिको उचित प्रक्रिया पालना गरेका थिएनन् । यसका लागि अस्पतालमा क्यामेरा जडान गरिएको थियो ।

अभियोजक डोब्सनले भने कि नर्स फ्रान्सेस्का पक्कै पनि चोरीमा समातिइन् तर उनले सबै औषधिहरू चोरिनन्। सलिसिटर लौरा फ्लिनले बचाउ पक्षको तर्फबाट अदालतमा फ्रान्सेस्काले चोरीका कारण आफ्नो घर गुमाउनुपरेको र अहिले उनी हजुरआमासँग बस्ने बताइन्। वकिलले उनको क्लाइन्ट (फ्रान्सेस्का मोर्गन) लाई टाउको दुखेको थियो, जसका कारण उनले औषधि खाएको बताइन् । अरू नर्सहरूले पनि त्यस्तै गर्थे।

मजिस्ट्रेटले फ्रान्सेस्का मोर्गनलाई १२ महिनाको सशर्त डिस्चार्ज र १४४ पाउण्ड तिर्न आदेश दिएको हो । सशर्त डिस्चार्जको साना अपराधका कारण अपराधीलाई सजाय हुँदैन तर सशर्त डिस्चार्जको अवधिमा दोषीले अपराध गरेमा सजाय पाउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *