महिलामाथिको प्रतिबन्ध तालिबानलाई महंगो साबित, धमाधम काम रोक्दै विदेशी सहायता समूह

डिसी नेपाल
११ पुष २०७९ ८:२३
96
Shares

काबुल। तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (एनजीओ)ले काम रोकेका छन्।

केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “हाम्रा महिला कर्मचारी बिना“ आफ्नो काम जारी राख्न नसक्ने बताएका छन्।

अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू निलम्बन गरेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको बताएको छ। अफगानिस्तानको सत्तारुढ तालिबानले महिला अधिकारको निरन्तर दमन गर्दै आएको छ।

तालिबानले महिलाहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि मात्रै गैरसरकारी संस्थाहरूमाथिको नयाँ आदेश आएको हो।

यसअघि तालिवानको अर्थमन्त्रालयका प्रवक्ता अब्देल रहमान हबीबले विदेशी सहायता समूहका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोडको उल्लंघन गरेको आरोप लगाएका थिए। तालिबानले तत्काल प्रतिबन्धको पालना नगर्ने कुनै पनि संगठनको इजाजतपत्र रद्द गर्ने धम्की दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *