नेपाल टी २० लिगः दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा

डिसी नेपाल
११ पुष २०७९ ९:१८
60
Shares

काठमाडौँ। नेपाल टी २० लिगअन्तर्गत सोमबार दुई खेलहरु आयोजना हुँदैन्। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ।

आफ्नो दोस्रो खेलमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको छ । फार वेस्ट प्रतियोगितामा पहिलो जितको खोजीमा छ। शनिबार आफ्नो पहिलो खेलमा फार वेस्टले लुम्बिनी अल स्टार्सलाई ६७ रनको नतिजा सुम्पिएको थियो।

काठमाडौं भने प्रतियोगितामा लगातार दोस्रो खेलसम्म जितको लय कायम राख्न चाहन्छ। काठमाडौंले पहिलो खेलमा पोखरा एभेन्जरलाई २६ रनले हराएको थियो।

कीर्तिपुरमा आजै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *