अस्ट्रियाको हिमपहिरोमा १० जना पयर्टक पुरिए
भियन। पश्चिमी अस्ट्रियाको लेच–जुएर्स फ्री स्कीइङ क्षेत्रमा आइतवार भएको हिमपहिरोमा झण्डै १० जना पयर्टक पुरिएको अस्ट्रियन प्रेस एजेन्सी (एपीए)ले रिपोर्ट गरेको छ। हिपहिरोमा पुरिएकामध्ये एक व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।
‘एकजनाको सफलतापूर्वक उद्धार भएको छ भने अरुलाई खोज्ने प्रयास जारी छ’ प्रहरीले भनेको छ। हिमपहिरो स्थानीय समयअनुसार क्रिसमसको दिन दिउँसो ३ बजे गएको थियो। लगत्तै खोजी टोली र विभिन्न हेलिकप्टरहरू तैनाथ गरिएको थियो।
‘फसेकाहरूलाई बचाउनको लागि सक्दो प्रयास गरिरहेका छौं’ लेचको नगरपालिकाले भन्यो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment