चीनको यो सहरमा दैनिक १ लाख कोभिड संक्रमित
बेइजिङ। चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङ दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमणसँग लडिरहेको छ। यो संख्या आगामी दिनहरूमा दोब्बर हुने अपेक्षा गरिएको प्रान्तीय सरकारले आइतबार जनाएको छ।
संक्रमण राष्ट्रव्यापी रूपमा रेकर्ड संख्यामा बृद्धि भए पनि चीनले शनिबारदेखि पाँच दिनसम्म मुख्य भूमिमा कसैको पनि कोभिडबाट मृत्यु नभएको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ।
करोडौं नागरिकलाई अथक तालाबन्दीमा राखेको बेइजिले शून्य–कोभिड नीतिमा व्यापक परिवर्तन गरेपछि विज्ञहरूले थप सटीक तथ्यांकको लागि आह्वान गरेका छन्।
राष्ट्रिय स्वास्थ्य आयोगले लक्षणविहीन संक्रमणहरू रिपोर्ट गर्न बन्द गरेपछि यसले केसहरू ट्र्याक गर्न गाह्रो बनाएको बताइएको छ। आइतबार आयोगले कोभिडसम्बन्धी दैनिक तथ्यांक रिपोर्ट गर्न बन्द गरेको थियो। आयोगको सट्टा सीडीसीले तथ्यांक प्रकाशित गर्ने भएको छ।







डिसी नेपाल







Facebook Comment