अभिनेत्री शर्माले ब्रेकअपका कारण आत्महत्या गरेको प्रहरीको भनाइ

डिसी नेपाल
११ पुष २०७९ १४:२६
2.6k
Shares

काठमाडौं । मुम्बई पुलिसका एसीपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा उनको शीजान खानसँग प्रेम सम्बन्ध रहेको बताएका छन् ।

उनले भने, “तुनिषा शर्मा एक टिभी कार्यक्रममा अभिनय गरिरहेकी थिइन्। १५ दिनअघि उनको ब्रेकअप भएको थियो, त्यसपछि तुनिशाले आफ्नो शोको सेटमा आत्महत्या गरिन्।”

तुनिशाकी आमाले उजुरी दिएको एसीपी चन्द्रकान्त जाधवले बताए । उनको उजुरीका आधारमा शीजानलाई पक्राउ गरी अदालतमा पेश गरिएको थियो ।

उनले शीजानलाई चार दिनको प्रहरी हिरासतमा राखिएको बताए । पोष्टमार्टम रिपोर्टमा तुनिशाको मृत्यु झुण्डिएर भएको स्पष्ट लेखिएको छ ।

यसअघि टेलिभिजन अभिनेत्री तुनिषा शर्माको मृत्युको सम्बन्धमा वालिव प्रहरीले सह–कलाकार शीजान खानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी पक्राउ गरेको थियो ।

पुलिसले भनेको छ कि शीजान खान विरुद्ध आईपीसीको धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *