एक महिनादेखि समुन्द्रमा फसेका रोहिंग्या शरणार्थी इन्डोनेसिया पुगे
काठमाडौं । म्यानमारका रोहिंग्या शरणार्थीहरुको एक समूह एक महिनाको समुन्द्रमा अल्मलिएपछि इन्डोनेसियाको पश्चिमी तटमा पुगेको छ ।
ती शरणार्थीहरू आइपुगेको डुङ्गाको इन्जिन खराब भएको स्थानीय अधिकारीहरूले बताएका छन्। ती शरणार्थीहरूको अवस्था निकै नाजुक थियो। यो टोलीमा संलग्न तीन जनालाई अस्पताल लगिएको छ ।
यो समूह केही साताअघि समुद्रमा डुबेका १५० रोहिंग्या शरणार्थीको हिस्सा हो वा होइन भन्ने अझै स्पष्ट भएको छैन।
समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै इन्डोनेसियाको आचे प्रान्तका प्रवक्ता भिनार्डीले भने, ‘यो डुङ्गाको इन्जिनमा खराबी थियो। हावाको सहारामा यो डुङ्गा एकेह बेसर जिल्लाको लाडोङ गाउँको किनारमा पुगेको थियो । उनीहरूले एक महिनासम्म समुन्द्रमा घुमेको बताए ।
रोहिंग्या म्यानमारको एक जातीय समुदाय हो। सरकारी दमनका कारण केही वर्षअघि यस समुदायका धेरै मानिसहरू म्यानमारबाट भाग्न बाध्य भएका थिए।
स्थानीय अध्यागमन अधिकारीले शरणार्थीहरूलाई तत्काल सरकारी भवनमा राखिने जानकारी दिएका छन् । यी शरणार्थीहरूले कहाँबाट यात्रा सुरु गरेका थिए भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।







डिसी नेपाल







Facebook Comment