रुसी सैन्य शिविरमा युक्रेनी ड्रोन आक्रमण, तीन जनाको मृत्यु

डिसी नेपाल
११ पुष २०७९ १६:०७
36
Shares

काठमाडौं । रुसले देशको दक्षिणी भागमा रहेको आफ्नो एउटा सैन्य अखडामा युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ ।

ड्रोनलाई एयर डिफेन्स सिस्टमले खसालेको भनिएको छ तर ड्रोनबाट खसेको अवशेषका कारण मानिसको मृत्यु भएको थियो।

रुसले यसअघि युक्रेनले डिसेम्बर ५ मा रणनीतिक बमवर्षकको बेसमा हमला गरेको आरोप लगाएको थियो। रुसका अनुसार आक्रमणमा हवाई पट्टीलाई निशाना बनाइएको थियो ।

यो सैन्य बेस युक्रेनसँगको सीमाको उत्तरपूर्वमा पाँच सय किलोमिटरको दूरीमा अवस्थित छ।

युक्रेनी सेनाले अहिलेसम्म यी आक्रमणहरूबारे आधिकारिक रूपमा टिप्पणी गरेको छैन।

यसअघि सामाजिक सञ्जालमा केही भिडियोहरू पोस्ट गरिएका थिए जसमा विस्फोटको आवाज र हवाई चेतावनी सुनिएको थियो।

साराटोभा क्षेत्रका गभर्नरले एंगेल्सका बासिन्दाहरूलाई कुनै खतरा नभएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *