विश्व इतिहासमा आजः बेनेजिर भुट्टोको हत्यादेखि इन्डोनेसिया स्वतन्त्र

डिसी नेपाल
१२ पुष २०७९ ६:३९
40
Shares

आज सन् २०२२ को २७ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

बेनेजिर भुट्टोको हत्या

सन् २००७ को २७ डिसेम्बरमा पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको थियो। निर्वाचनबारे रावलपिन्डीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने क्रममा एउटा आत्मघाती विस्फोटमा उनको मृत्यु भएको थियो।

इन्डोनेसिया स्वतन्त्र

सन् १९४९ मा इन्डोनेसिया स्वतन्त्र भएको थियो। चार वर्षको क्रान्ति र संर्घषपछि दक्षिणपूर्वी एसियाली देश इन्डोनेसिया स्वतन्त्र भएको थियो। सन् १९४५ मा सुकार्नोले इन्डोनेसिया स्वतन्त्र भएको घोषणा गरेको थिए । उनको घोषणालाई सन् १९४९ मा डचले मान्यता दिएको थियो।

ट्रिटी अफ भर्सेलिज

सन् १९१८ देखि सन् १९१९ सम्म पोल्यान्डमा क्रान्ति भएको थियो । पोल्यान्डका तत्कालीन प्रधानमन्त्री इग्नेसी पादरविस्कीको एउटा भाषणपछि पोल्यान्डले जर्मनविरुद्ध विद्रोह घोषणा गरेको थियो । विद्रोहपछि भएको सन्धि ट्रिटी अफ भर्सेलिजपछि पोल्यान्डले केही नयाँ भूभाग प्राप्त गरेको थियो ।

पहिलो पटक एनेस्थेसियाको प्रयोग

सन् १८४५ मा पहिलो पटक बच्चा जन्माउने क्रममा एनेस्थेसिया दिइएको थियो । अमेरिकी चिकित्सक डा. क्राफोर्ड लङले प्रसुति व्यथा लागेपछि आफ्नै श्रीमतीलाई सो औषधि दिएका थिए । सोही घटनाले औषधि र शल्यक्रियाको क्षेत्रमा क्रान्ति ल्याएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *