रेल गन्ने ‘जागिर’ दिएर लाखौँ रुपैयाँ ठगी

डिसी नेपाल
१२ पुष २०७९ १३:५४
92
Shares

बीबीसी। भारतको राजधानी दिल्लीमा ‘रेल गन्ने जागिर’ दिएर ठगी गरिएको भन्दै परेको एउटा उजुरीमा प्रहरी अनुसन्धान थालेको छ।

त्यसरी ठगिएका २८ जनालाई भारतीय रेलवेको जागिरका लागि तालिम दिन भनी केही साता रेल गन्ने काममा खटाइएको खुलेको छ। एक सेनानिवृत्त सैनिक अधिकारीले प्रहरीले शङ्कास्पद ठगीधन्दाबारे प्रहरीलाई सूचित गरेका थिए।

जागिरको प्रलोभनमा पारी ठगी गरेको पत्तै नपाईकनै आफूले जागिर खोज्ने मानिसहरूलाई सन्दिग्ध ठगहरूसँग सम्पर्कमा पुर्‍याइदिएको बताएका छन्। ठगिएका प्रत्येक व्यक्तिले जागिरका लागि दुई लाखदेखि २४ लाख भारतीय रुपैयाँसम्म तिरेका थिए।

दिल्ली प्रहरीको आर्थिक अपराध हेर्ने विभागले उक्त ठगीबारे गत महिनादेखि अनुसन्धान थालेको थियो। तर त्यसबारे गत साता मात्रा स्थानीय सञ्चारमाध्यममा समाचार प्रकाशित भयो।

को हुन् पीडित?

ठगीमा परेका भनिएका मानिसहरू सबै जना दक्षिण भारतको तमिलनाडुका हुन्। उनीहरूलाई दिल्लीस्थित मुख्य रेलवे स्टेशनका विभिन्न प्ल्याटफर्ममा एक महिनाजति प्रत्येक दिन आठ घण्टा “काम” गरेका थिए। भारतीय समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार उनीहरूलाई ती प्ल्याट्फर्ममा गुडिरहेका रेल गन्न लगाइएको थियो।

उनीहरूलाई भारतीय रेलवेमा टिकट जाँचक, ट्राफिक सहायक वा क्लर्कको जागिर दिने आश्वासन दिइएको थियो। भारतीय रेलवे भारतमा ठूलो रोजगारदातामध्ये एक हो।

कसरी भयो ठगी?

ठगिएकामध्ये एक जनाले दि इन्डियन एक्स्प्रेस पत्रिकालाई कोभिड महामारीपछि आफू परिवार पाल्ने उपायको खोजीमा भएको बताएका छन्। “हामी तालिम लिन दिल्ली गयौँ। हामीले खालि रेल गर्नुपर्थ्यो। त्यो कामबारे हामी शङ्का त लागेको थियो, तर काम दिने मान्छे हाम्रो छिमेकीको राम्रो साथी थियो। अहिले मलाई लाज लागेको छ,” उनले भने।

प्रहरीमा उजुरी गर्ने सुब्बुस्वामीले पीटीआईलाई तमिलनाडुस्थित आफ्नो गृहनगरमा मानिसहरूलाई जागिर खोज्ने काममा आफूले सहयोग गर्ने गरेको बताएका छन्। त्यसो गर्दा आफूले कुनै आर्थिक लाभ नदिएको उनको भनाइ छ।

सांसद र मन्त्रीहरूसँग चिनजान भएको दाबी गर्ने शिवरमण नामक एक व्यक्तिसँग आफ्नो भेट भएको र उनले नै बेरोजगार मानिसहरूलाई काम दिलाइदिने आश्वासन दिएको सुब्बुस्वामीको दाबी छ।

सुब्बुस्वामीका अनुसार शिवरमणले उनी र कामको खोजीमा रहेका अरू मानिसलाई अर्का व्यक्तिसँग भेटाइदिए। ती दोस्रा व्यक्तिले ती मानिसहरूलाई नक्कली स्वास्थ्य परीक्षण गर्न पनि लगेका थिए।

पछि ती व्यक्तिले सबै जनाको फोन उठाउन छोडे। ठगिएका केही व्यक्तिहरूले आफूले ऋण लिएर पैसा दिएको बताएका छन्। भारतमा सरकारी जागिर मिलाइदिने भन्दै ठगी हुने गरेको विषयमा बारम्बार समाचार आइरहन्छ। भारतमा करोडौँ युवायुवती सुरक्षित र स्थिर सरकारी जागिरको अपेक्षामा बसेका हुन्छन्।

गत वर्ष मार्च महिनामा दक्षिणी सहर हैदराबादमा सयौँ मानिसलाई रेलवे सेवामा जागिर मिलाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *