कोरोना : चीनले विदेशी यात्रुका लागि क्वारेन्टाइनको नियम हटाउँदै
काठमाडौं । चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्न नपर्ने घोषणा गरेको छ ।
चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो कदम चालेको हो।
चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ ।
यसैबीच चीनमा कोरोनाको मामिलामा ठूलो उछाल देखिएको छ ।
स्वास्थ्य क्षेत्रका कर्मचारीले बदलिँदो परिस्थितिलाई सम्हाल्न निकै चुनौतीको सामना गरिरहेको बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विषयमा आफ्ना अधिकारीहरूलाई जीवन बचाउनका लागि सक्दो प्रयास गर्न आग्रह गरेका छन्।
यससँगै चीनको आधिकारिक मिडियाका अनुसार जिनपिङले बदलिएको परिस्थितिसँग जुध्न थप प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताएका छन् ।
चीनले विगतमा कोविडसँग सम्बन्धित डाटा जारी गर्न रोकेको छ। तर चीनमा हरेक दिन हजारौं मानिसको मृत्यु हुने डर छ।
मार्च २०२० पछि, चीनमा आउने सबै विदेशी यात्रुहरूलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment