भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी

डिसी नेपाल
१२ पुष २०७९ १४:५७
108
Shares

सिउल। भ्रष्टाचार आरोपमा १७ वर्षको जेल सामन गर्दै आएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकले मंगलबार राष्ट्रपतिबाट माफी पाएका छन्।

राष्ट्रपति युन सुक–योलसँगको मन्त्रिपरिषद् बैठकपछि न्यायमन्त्री हान डोङ–हुनले  भने, ‘मिलाप, सहिष्णुता र विचारका माध्यमबाट व्यापक राष्ट्रिय एकताको दृष्टिकोणबाट विशेष माफी प्राप्त गर्ने १,३०० भन्दा बढी व्यक्तिहरूको सूचीमा ली पनि छन्।’

८१ वर्षीय ली आफ्नो उमेर र बिग्रँदै गएको स्वास्थ्यका कारण जुनमा जेलबाट अस्थायी रुपमा रिहा भएका थिए। घुसखोरी र हिनामिनाको आरोपमा उनलाई १७ वर्ष जेल सजाय तोकिएको थियो।

हुन्डाईका पूर्व सीईओबाट अध्यक्ष बनेका उनलाई सन् २०१८ मा १६ वटा आपराधिक आरोप लगाइएको थियो र २०२० मा सजाय सुनाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *