चितुवाको आक्रमणमा वन कर्मचारी सहित १३ जना घाइते
काठमाडौं । आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा वनकर्मी पनि पर्छन् ।
समाचार एजेन्सी एएनआईले जोरहाटका पुलिस अधीक्षक मोहनलाल मीणालाई उद्धृत गर्दै चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त रहेको बताए।
उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।’
घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी मीणाले बताए । चिकित्सकका अनुसार घाइते सबै खतरामुक्त छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment