‘पुटिनका आलोचक’ रुसी सांसदको भारतमा लाश भेटियो
काठमाडौं । रुसी राजनीतिज्ञ ६५ वर्षीय पावेल एन्टेभको गत शनिबार ओडिशाको एक होटलमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार रुसी सांसद एन्टेभ आफ्ना केही साथीहरूसँग भारत आएका थिए।
हालै उनले युक्रेनमा रुसले गरेको आक्रमणको कथित रूपमा आलोचना गरेका थिए । तर, केही समयपछि उनले आफ्नो भनाइ फिर्ता लिएका थिए । यस बयानका कारण उनी पुटिनको आलोचक मानिन्छन्।
एन्टेभ डिसेम्बर २१ देखि ओडिशाको रायगडा जिल्लाको एक होटलमा आफ्ना केही साथीहरूसँग बस्दै आएका थिए। प्रहरीका अनुसार एन्टेभ शनिबार होटल बाहिर मृत अवस्थामा फेला परेका थिए । यसभन्दा दुई दिनअघि उनका साथी भ्लादिमिर बिदेनोभको सोही होटलमा मृत्यु भएको थियो ।
उनी होटलको पहिलो तल्लामा अचेत अवस्थामा फेला परेका थिए र उनको वरिपरि खाली रक्सीका बोतलहरू भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरिएको थियो ।
एक शीर्ष प्रहरी अधिकारीले रुसी राजनीतिज्ञ पावेल एन्टेभले आत्महत्या गरेको हुनसक्ने र उनी आफ्नो साथीको मृत्युपछि निकै दुखी भएको बताएका छन् । यद्यपी प्रहरीले टेरेसबाट आकस्मिक रूपमा खसेको लगायत सबै कोणबाट यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
यस टोलीका अन्य दुईजना सदस्यलाई हाल यहीँ बसेर अनुसन्धानमा सहयोग गर्न भनिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । यसै क्रममा होटल सञ्चालकले भनेका छन्, ‘रुसी दूतावासबाट कागजपत्र पर्खिरहेका छौं, बाँकी दुई जना पनि जानेछन् ।’







डिसी नेपाल







Facebook Comment