सयौं टेस्टमा वार्नरको दोहोरो शतक, दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलिया बलियो

डिसी नेपाल
१२ पुष २०७९ १६:१८

काठमाडौं । डेभिड वार्नरको दोहोरो शतकको मद्दतमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध मेलबर्नमा जारी दोस्रो टेस्टमा बलियो पकड बनाएको छ ।

दोस्रो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले तीन विकेट गुमाएर ३ सय ८६ रन बनाएको छ । अहिलेसम्म अस्ट्रेलियाको खातामा १९७ रनको अग्रता पुगेको छ । दक्षिण अफ्रिकी टोली पहिलो इनिङ्समा १८९ रनमा अलआउट भएको थियो ।

दोस्रो दिनको खेल सयौं टेस्ट खेलिरहेका डेभिड वार्नरको नाममा रह्यो । उनले रिटायर्ड हर्ट हुनुअघि २५४ बलमा २०० रन बनाएका थिए । उनले आफ्नो पारीमा १६ चौका र दुई छक्का प्रहार गरे।

सयौं टेस्टमा दोहोरो शतक बनाउने उनी दोस्रो ब्याट्सम्यान हुन्। यसअघि जो रुटले मात्र यो उपलब्धि हासिल गर्न सकेका थिए । वार्नरले स्टिभ स्मिथसँग २३९ रन जोडे। स्मिथले ८५ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *