नाकले सुँघ्ने कोरोनाको खोप जनवरीदेखि बजारमा पाइने, मूल्य १३ सय रूपैयाँ
काठमाडौं । भारतको केन्द्र सरकारले कोविड-१९ को पहिलो इन्ट्रानासल (नाक) खोप इन्कोभ्याकको बिक्रीलाई स्वीकृति दिएको छ।
भारत बायोटेकले यो खोप तयार गरेको हो । जनवरीको चौथो सातादेखि १८ वर्षभन्दा माथिका व्यक्तिले लिन सक्नेछन् ।
यसको मूल्य भारत सरकार र राज्य सरकारहरूको लागि ३२५ रुपैयाँ राखिएको छ र निजी अस्पताल र पसलहरूमा ८०० रुपैयाँ (१३ सय नेपाली रूपैयाँ) मा दिइनेछ।
समाचार एजेन्सी एएनआईका अनुसार केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोभिशिल्ड र कोभ्याक्सिनको डोज लिएका व्यक्तिहरूले यो नाकबाट निइने खोपको डोज लिन सक्ने बताएको छ।
यसका लागि कोभिन प्लेटफर्ममा पनि परिवर्तन गरिनेछ। भारत बायोटेकले यस खोपको १४ विभिन्न ट्रायल साइटमा ३१०० जनामा परीक्षण गरिएको जनाएको छ ।
कम्पनीले भारत बायोटेक र युनिभर्सिटी अफ वासिङ्टनसँगको साझेदारीमा इन्कोभ्याक विकास गरिएको जनाएको छ । खोपको क्लिनिकल परीक्षण कोविड सुरक्षा कार्यक्रम अन्तर्गत भारत सरकारको बायो-टेक्नोलोजी विभागले अनुदान दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment