आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिए

डिसी नेपाल
१२ पुष २०७९ २२:२७
232
Shares

इस्लामावाद । पाकिस्तानको बलुचिस्तानमा भएको आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिएका छन् भने अन्य १७ जना घाइते भएका छन् ।

लगातार भएका सातवटा बम विष्फोटमा छ जना पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य १७ जना घाइते भएका समाचारपत्र डनले जनाएको छ । दूर नियन्त्रित उपकरणबाट आतङ्कवादीले विष्फोट गराएका थिए । आइतबार पनि बलुचिस्तानमा भएका पाँचवटा छुट्टाछुट्टै ग्रेनेड विष्फोटमा पाँच जना सैनिक मारिएका तथा कम्तीमा १५ जना घाइते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *