मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध

डिसी नेपाल
१३ पुष २०७९ ९:३०
336
Shares

काठमाडौँ। नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन्।

मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो। अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त भएको बताएका थिए।

मनाङबाट अन्जनले २०७५ सालको बिना रेलिगेशन लिग उपाधि जितेका थिए। त्यसअघि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट राष्ट्रिय लिग खेलेका थिए। एन्फा एकेडेमीका अन्जनले पहिलो पटक चर्च ब्वाइजबाट लिग खेल्न लागेका हुन्। चर्च ब्वाइजले पहिलो पटक ‘ए’  डिभिजन लिग खेल्न लागेको हो।

अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन्। गत असोजमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा ह्याट्रिक प्रहार गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *