इमरान खानमाथिको हमला सुनियोजित षडयन्त्र थियो : छानबिन समिति

डिसी नेपाल
१३ पुष २०७९ १०:२९
264
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहारको घटनाको छानबिन गरिरहेको संयुक्त अनुसन्धान समिति (जेआईटी) ले उनीविरुद्ध ‘सुनियोजित षड्यन्त्र’ भएको बताएको छ ।

गत महिना इस्लामावादको लागि लङ मार्चमा रहेका इमरान खानमाथि आक्रमण भएको थियो । इमरान खानको दाहिने खुट्टामा गोली लागेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, जेआईटीको रिपोर्टलाई लिएर पाकिस्तानको पञ्जाब प्रान्तका आन्तरिक मन्त्री ओमर शरीफले खानमाथिको हमला ‘सुनियोजित षडयन्त्र’ भएको बताए।

उनले भने, “जेआईटीले आक्रमणमा एकभन्दा बढी आक्रमणकारी संलग्न रहेको पत्ता लगाएको छ। प्रहरीले मुख्य आरोपी मोहम्मद नावेदलाई पक्राउ गरेको छ। उनी जनवरी ३ सम्म जआइटीको हिरासतमा रहनेछन्।”

शरीफले नावेद “प्रशिक्षित हत्यारा र आफ्नो सहयोगी सहित घटनास्थलमा रहेको” बताएका छन्।

नावेद पोलिग्राफ टेस्टमा पनि फेल भएको उनले बताए । नावेदले पुलिसलाई भनेका थिए कि उनी इमरान खानलाई मार्न चाहन्थे किनभने लङ मार्चमा अजानको समयमा संगीत बजाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *