इरानमा सुन र डलर किन्ने प्रतिस्पर्धा
काठमाडौं । इरानको मुद्रा रियालको भाउ घट्ने क्रम जारी छ । यसैबीच, धेरैले सुन र डलर किनिरहेका छन्। बीबीसी फारसी सेवाका अनुसार खुला बजारमा एक डलर ४२ हजार रियालमा बिक्री भइरहेको छ ।
इरानी अधिकारीहरूले यसका लागि देशमा जारी विरोध प्रदर्शनलाई दोष दिएका छन्। इरानमा सय दिनभन्दा बढी समयदेखि सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शन सुरु भएदेखि नै इरानको मुद्रा डलरको तुलनामा करिब एक चौथाईले घटेको छ।
इरानमा पैसा भएका मानिसहरूले आफ्नो बचत कायम राख्न डलर र सुन किन्छन्। इरानमा महंगी दर पनि तीव्र गतिमा बढिरहेको छ ।
इरानमा मिडियालाई यस विषयमा समाचार लेख्न वा देखाउन प्रतिबन्ध लगाइएको छ। यसबारे प्रेस अनुगमन बोर्डले केही सञ्चारमाध्यमलाई चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment