पाकिस्तानमा गाडीको उत्पादन किन बन्द गर्नुपर्‍यो ?

डिसी नेपाल
१३ पुष २०७९ ११:४४
104
Shares

काठमाडौं । पाकिस्तानका केही वाहन कम्पनीहरूले वर्षको अन्त्यमा केही दिनका लागि उत्पादन र एसेम्बलिङ प्लान्ट बन्द गर्ने घोषणा गरेका छन्।

बीबीसी उर्दूका अनुसार अटो पार्ट्सको आयातमा आएको कमी र सवारी साधनको मागमा आएको कमीका कारण कम्पनीहरूले यस्तो निर्णय लिनुपरेको हो ।

पाक सुजुकीले सोमबार आफ्नो प्लान्ट जनवरी २ देखि जनवरी ६ सम्म बन्द रहने बताएको छ । एसेम्बल भएका सवारी साधनको आयातमा प्रतिबन्ध लगाएका कारण यस्तो निर्णय गरिएको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

आयातित सामानको क्लियरेन्समा ढिलाइ हुँदा उनीहरुको अभाव हुन थालेपछि कम्पनीले पाँच दिनका लागि प्लान्ट बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि टोयोटा इन्डस पाकिस्तानले प्लान्ट २० देखि ३० डिसेम्बरसम्म बन्द राख्ने निर्णय गरेको थियो ।

विदेशी मुद्रा सञ्चिति घटेपछि स्टेट बैंक अफ पाकिस्तानले अटो क्षेत्रसँग सम्बन्धित वस्तु आयात गर्दा पूर्व स्वीकृति लिनुपर्ने बाध्यता बनाएको छ ।

आयात कन्टेनर क्लियर नगर्दा र बैंकले ऋणपत्र नखोल्दा आयातमा आश्रित यी कम्पनी घाटामा छन् ।

प्रतिबन्धका कारण धेरै कार कम्पनीहरूले वर्षमा धेरै पटक उत्पादन बन्द गर्नुपरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *