इजरायल र टर्की बीचको सम्बन्धमा सुधार, वर्षौंपछि यो ठूलो परिवर्तन भयो
काठमाडौं । इजरायल र टर्कीबीच जारी तनावपूर्ण अवस्थापछि अब कूटनीतिक सम्बन्ध पूर्णरुपमा सुचारु भएको देखिन्छ । टर्कीका लागि इजरायलका राजदूत इरिट लिलियनले मङ्गलबार राष्ट्रपति रेसेप तैयप अर्दोआनलाई आफ्नो विश्वासको पत्र हस्तान्तरण गरिन्।
दुई देशबीच लामो समयपछि कूटनीतिक सम्बन्ध सुचारु भएको हो । इरिट लिलियन जनवरी २०२१ देखि टर्कीका लागि उपराजदूतमा नियुक्त भएपनि अब विश्वासको पत्र दिएपछि उनलाई औपचारिक रुपमा इजरायलका लागि राजदूतको हैसियत दिइएको छ ।
उनले भनिन्, ‘यो अवसरले मनमा आशा भरिएको छ । हामी सबैलाई आशा छ कि इजरायल र टर्की बीचको राजनीतिक मेलमिलापको प्रक्रियाले गति लिनेछ र धेरै क्षेत्रहरूमा विस्तार हुनेछ।’
सोही महिनामा इजरायलका लागि टर्कीका नयाँ राजदूत साकिर ओज्कानले पनि आफ्नो विश्वासको पत्र बुझाए। नोभेम्बर १ को चुनावपछि प्रधानमन्त्री पदका उम्मेदवार बेन्जामिन नेतान्याहु र अर्दोआनबीच वार्ता भएको थियो। यसमा दुवै नेताले आपसी हितलाई सम्मान गर्दै मिलेर काम गर्न सहमत भएका छन् ।
एक समयका क्षेत्रीय सहयोगी इजरायल र टर्की बीचको सम्बन्ध लगभग एक दशक देखि तनावपूर्ण छ। टर्कीले २०१० मा गाजा पट्टीमा सहायता बोकेको जहाजमा छापा मारेर इजरायलका राजदूतलाई बर्खास्त गरेको थियो। यस घटनामा १० टर्कीस नागरिकको मृत्यु भएको थियो ।
त्यसपछि २०१६ मा कूटनीतिक सम्बन्ध पुनर्स्थापित भयो। तर, दुई वर्षअघि टर्कीले इजरायलबाट राजदूत फिर्ता बोलाएको थियो । गाजा पट्टीमा प्यालेस्टाइनीहरुको विरोध प्रदर्शनमा इजरायलले गरेको गोलीबारीका कारण यो निर्णय लिइएको हो । त्यसयता दुवै देशले एकअर्कासँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् ।







डिसी नेपाल







Facebook Comment