‘चीनमा कोभिड केस बढ्दैमा भारतीय त्रसित हुनु पर्दै’
नयाँ दिल्ली। चीनमा हाल कोभिडमा भइरहेको वृद्धिले भारतलाई प्रभाव नपार्ने भन्दै भारतीय विज्ञहरुले मानिसहरुलाई सावधानी रहन र मास्क लगाउन अनुरोध गरेका छन्। छिमेकी चीनमा संक्रमण बढेपछि भारतले कोभिडलाई लिएर निगरानी बढाएको बीबीसीले जनाएको छ।
चीन र एसियाका अन्य चार देशबाट भारत प्रवेश गर्ने व्यक्तिले कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने भएको छ। संक्रमण वृद्ध भएमा अस्पतालको क्षमताको जाँज गर्न मंगलबार अभ्यासहरू सम्पन्न गरिएका थिए।
सरकारको तथ्यांकअनुसार भारतमा अहिले कोभिडका सक्रीय संक्रमितको संख्या ३४ सय छ। तर, चीनमा भएको वृद्धि र सन् २०२० र सन् २०२१ मा भएका दुई वटा घातक लहरको स्मरणले धेरै भारतीय चिन्तित बनेका छन्।
तर, विज्ञहरुले तत्काल डराउनु पर्ने आवश्यकता नरहेको जनाएका छन्। ‘चीनमा संक्रमणको बृद्धि अपेक्षित रेखामा छ। यदि तपाइँसँग भाइरसको सम्पर्कमा नआएको सम्वेदनशील जनसंख्या छ भने, केसहरू बढ्नेछन्। भारतलगायत विश्वका बाँकी भागहरूमा केही परिवर्तन भएको छैन’, महामारीविद् डा. चन्द्रकान्त लहरियाको भनाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment