रूसी राष्ट्रपति पुटिनले तेल निर्यातमा ठूलो प्रतिबन्ध लगाए, पूरै विश्व बजारमा गम्भीर असर पर्ने

डिसी नेपाल
१३ पुष २०७९ १३:०१
208
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली संघ (ईयू) का देशहरूमा तेल निर्यातमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । रुसले तेलको मूल्य सीमा तोकेका युरोपेली संघका ती देशहरूमा तेल निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

रुसको यो आदेश अनुसार यो प्रतिबन्ध फेब्रुअरी १, २०२३ देखि लागू हुनेछ। २०२३ फेब्रुअरी १ ​​गतेदेखि लागू भई जुलाई १, २०२३ सम्म कायम रहने यो आदेशमा भनिएको छ । यद्यपि, यस आदेशमा एउटा धारा छ, जसअन्तर्गत पुटिनलाई विशेष अवस्थामा यो प्रतिबन्ध अस्वीकार गर्ने अधिकार दिइएको छ।

यो महिनाको सुरुमा पुटिनले रुसले तेल उत्पादन घटाउन सक्ने र आफ्नो तेलको मूल्यमा सीमा तोकेका देशलाई तेल नबेच्ने संकेत दिएका थिए ।

युरोपेली संघले गत डिसेम्बर ५ मा रुसको कच्चा तेल आयातमा प्रतिबन्ध लगाएपछि जी–७ देश क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाले रुसी तेलमा प्रतिब्यारेल ६० डलरको मूल्य तोकेका थिए । रुसी तेलमा यो मूल्य क्याप लगाउनुको उद्देश्य रुसी अर्थतन्त्रमा ठूलो असर पार्नु थियो।

तर यसलाई तोड्दै रुसले वैकल्पिक बजार, विशेषगरी एसियातिर आफ्नो झुकाव बढाएको छ । रुसले एसियालाई वैकल्पिक बजारको रूपमा उपयोग गर्न र प्रति दिन करिब १० लाख ब्यारेल तेल बेच्ने लक्ष्य राखेको छ।

युक्रेनमा भएको आक्रमणपछि रुसमाथि धेरै किसिमका प्रतिबन्धहरु लगाइएको छ । यी प्रतिबन्धहरू मूलतः अमेरिकालगायत धेरै ठूला पश्चिमी देशहरूले लगाएका छन्। यी प्रतिबन्धहरूमा मूल्य क्याप पनि हो ।

जी-७ देशहरूले मूल्य क्याप अन्तर्गत रूसी तेलको मूल्य निर्धारण गर्नेछन्। रुसले अहिले आफ्नै मूल्यमा तेल बिक्री गरिरहेको छ । तर रुसको तेलमा मूल्य क्याप तोकिएपछि अवस्था पहिलेको जस्तो हुने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *