एप्पल र टेस्लाको सेयरमा भारी गिरावट

डिसी नेपाल
१३ पुष २०७९ १५:१४
44
Shares

काठमाडौं । चीनमा उत्पादन लाइनमा भएको ढिलाइका कारण एप्पल र टेस्लाको सेयरमा भारी गिरावट आएको छ ।

एप्पलको सेयर जुन २०२१ को न्यून स्तरमा पुगेको छ। टेस्लाको शेयर, जुन नोभेम्बर २०२१ मा कीर्तिमानी उच्चमा थियो, ७३ प्रतिशतले गिरावट आएको छ।

चीनमा बन्दाबन्दी र प्रतिबन्धका कारण कम्पनीहरूलाई उत्पादनको गति कायम गर्न गाह्रो भएको छ।

चीनले जनवरी ८ देखि यात्रुहरूका लागि कडा क्वारेन्टाइन नियमहरू खारेज गर्ने घोषणा गरेको छ।

लगानीकर्ताहरूले यसलाई सकारात्मक कदमका रूपमा हेरिरहेका छन्, सन् २०२३ सम्ममा आपूर्ति श्रृंखला अझ राम्रो हुनेमा उनीहरू आशावादी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *