नेपाल टी–२० लिगः पोखराको लगातार चौथो हार

डिसी नेपाल
१३ पुष २०७९ १६:३१

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले लगातार चौथो हार ब्यहोरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा बिराटनगरले पोखरालाई ६ विकेटले पराजित गरेको छ । बिराटनगरले लिगमा पहिलो जित निकालेको छ ।

पोखराले दिएको १४० रनको लक्ष्य बिराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । बिराटनगरका हुसेन तलटले ५० रनको पारी खेले । उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे । यस्तै अर्जुन साउदले २५ रन बनाउँदा कप्तान आन्द्रे म्याकार्थीले २१ रन बनाए । पोखराका कुशल मल्ल र शरद भेषावकरले २÷२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुुमाएर १३९ रन बनायो । पोखराका कुशल मल्लले ३७ तथा सिदान्त लोहनीले २६ रन बनाए । बिराटनगरका हुसेन तलट र राज नन्ननले २२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *