पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

डिसी नेपाल
१४ पुष २०७९ ७:४६
116
Shares

नयाँ दिल्ली। आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा एक जना महिला पनि छन्।

हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका बेला भीड सुरु भएको थियो। जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो।

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै बैठक रद्द भएको थियो।

नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले पार्टीका नेताहरुलाई घाइतेहरुको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *