जीललाई जो बाइडेनले पाँच पटक प्रोपोज गरेका थिए

डिसी नेपाल
१४ पुष २०७९ ११:३१
80
Shares

न्युयोर्क। अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् १९७७ मा विवाह गर्नुअघि आफ्नी श्रीमती जिल बाइडेनलाई पाँच पटक प्रपोज गरेको खुलासा गरेका छन्। हलिउड अभिनेत्री ड्र्यु ब्यारीमोरले आयोजना गरेको ‘द ड्रिउ ब्यारीमोर शो’ को एक एपिसोडमा अमेरिकी राष्ट्रपतिले उक्त कुरा स्वीकार गरेका हुन्।

सीएननद्वारा ट्विटरमा अपलोड गरिएको अन्तर्वार्ताको क्लिपमा ड्र्यु ब्यारीमोरले राष्ट्रपतिलाई के उनले साँच्चै पहिलो महिलालाई पाँच पटक आफ्नो प्रेम प्रस्ताव गरेका थिए र के ले उनलाई मोहित गर्‍यो भनेर प्रश्न गरेका थिइन्।

बाइडेनले भने, ‘जब म उनीसँग पहिलो पटक बाहिर गएँ, मलाई थाहा थियो कि उनी असल महिला हुन्। मैले साँच्चै प्रस्ताव गरें ।’ पहिलो नजरको प्रेममा विश्वास गर्नुहुन्छ कि भनेर सोध्दा राष्ट्रपतिले जवाफ दिए, ‘म गर्छु।’ राष्ट्रपतिले थप भने कि उनी आफ्नो जीवनमा दुई पटक मात्र प्रेममा परेका थिए र दुबै पटक उनले ‘तुरुन्त’ थाहा पाए।

जो बाइडेनकी पहिलो पत्नी निलिया र उनकी एक वर्षीया छोरी नाओमीको सन् १९७२ मा कार दुर्घटनामा मृत्यु भएको थियो।  यसपछि, जो बाइडेन एकल अभिभावक बनेका थिए र आफ्ना दुई छोराहरूलाई हुर्काउँदै राजनीतिक करियरमा पनि काम गरिरहेका थिए। आफ्ना छोरा बिउ र हन्टरले जिलसँग प्रस्ताब गर्न प्रोत्साहन गरेको बाइडेनले स्मरण गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *