दुई दिनसम्म समुन्द्रमा फ्लोटिंग सिग्नलमा शरण लिएर बसेका माझीको उद्धार

डिसी नेपाल
१४ पुष २०७९ १३:१४
1.4k
Shares

काठमाडौं । ब्राजिलको तटीय क्षेत्रबाट आफ्नो डुङ्गाबाट समुन्द्रमा खसेका एक माझीको दुई दिनपछि उद्धार गरिएको छ । ४३ वर्षका, डेभिडले दुई दिनसम्म समुद्रको सतहमा तैरिरहेको फ्लोटिंग सिग्नलमा शरण लिएका थिए।

दुई दिनपछि स्थानीय माझीले उनको उद्धार गरेका थिए । उनको माछा मार्ने डुङ्गा एट्लान्टिक महासागरमा बगेको थियो। उद्धार गरिसकेपछि डेभिडले स्थानीय सञ्चारमाध्यमलाई भने कि उनी आफ्नो डुङ्गाबाट खसे र चार घण्टा पौडी खेलेपछि पानीमा तैरिरहेको सिग्नलमा पुगे र त्यसमा चढ्न सफल भएका थिए ।

उनी डिसेम्बर २५ मा रियो दि जेनेरियोको उत्तरमा रहेको एटाफुना बिचमा एक्लै माछा मार्न गएका थिए। “पहिलो १० मिनेट मेरो लागि सबैभन्दा गाह्रो थियो किनभने म जसरी पनि डुङ्गामा चढ्न चाहन्थें, तर छालहरू धेरै बलियो थिए र यो मेरो लागि सम्भव थिएन,” उनले ब्राजिलको एक समाचार वेबसाइटलाई भने।

डुङ्गा चढ्न नसक्ने थाहा पाएपछि भिजेको लुगामा पौडी खेल्न गाह्रो हुँदै गएको भन्दै उनले आफ्नो जर्सी र प्यान्ट फुकाले । “छालहरू धेरै बलियो थिए र हावा धेरै बलियो थियो, त्यसैले मैले मेरो ऊर्जा बचाउनको लागि छालहरूको भरमा आफूलाई फ्याँकें।”

चार घण्टापछि उनले पानीमा तैरिरहेको फ्लोटिंग सिग्नल देखे र त्यसमाथि चढे । “मैले सोचेको थिएँ कि म मद्दत पुग्नु अघि नै मर्नेछु ।” घर नपुगेपछि उनको परिवारले अरुलाई खबर गरेपछि उनको खोजी सुरु भयो र अन्तत: उनी फेला परे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *