सूर्य थापाले भेटे वामदेव गौतमलाई
तस्बिरः सूर्य थापाको फेसबुक
काठमाडौं । एमाले नेता सूर्य थापाले एमालेका पूर्वनेता वामदेव गौतमलाई भेटेका छन् । पूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले उनकै निवास भैसेपाटी पुगेर भेट गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।
उनले प्यूठानबाट निर्वाचित सांसदको हैसियतले गौतमलाई भेट गरेको बताएका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्युठानबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको हैसियतमा आज मैले प्युठान-१ का हामीले पौरख गरी विजयी गराएका पूर्व सांसद तथा समकालीन कम्युनिस्ट नेताहरूमध्ये एक वरिष्ठ व्यक्तित्व वामदेव गौतमसँग भेटेर सल्लाह सुझाव लिएको छु।’
गौतले सल्लाह सुझाब दिएको बताउँदै उनले अगाडि लेखेका छन्,‘उहाँले मलाई खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनुभयो। उक्त अवसरमा हामीले लामो, गंभीर र अन्तरंग छलफल समेत गर्यौं।’
लामो समयदेखि कटुतापूर्ण सम्बन्ध रहेको मानिएका यी दुबै नेताहरु प्यूठानका हुन् ।
२०७४ को निर्वाचनमा बर्दियाबाट आफूलाई पराजित गर्न मुख्य भूमिका खेलेको आरोप गौतमले थापालाई लगाएका थिए । २०७० मा प्यूठान र बर्दियाबाट निर्वाचित गौतम २०७४ को निर्वाचनमा बर्दिया-१ बाट पराजित भएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment