नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन

डिसी नेपाल
१४ पुष २०७९ २१:३७

धनगढी । नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् ।

कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरीलाई संसदीय दलको नेतामा चयन भएका हुन् । उनी पार्टीको निर्णयमा दलको नेता चयन भएका हुन् ।

संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *