नेपाल टी-२० : काठमाडौंलाई हराउँदै लुम्बिनीको लगातार पाँचौं जित

डिसी नेपाल
१५ पुष २०७९ १३:२२
68
Shares

काठमाडौँ। काठमाडौं नाइट्सलाई हराउँदै लुम्बिनी अलस्टार्सले हराउँदै पाँचौं जित निकालेको छ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी– २० खेलअन्तर्गत शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको हो। यो जितसँगै लुम्बिनीले जारी लिगमा लगातार पाँचौं जित निकालेको हो।

लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन जोडेर पराजयको सामना गरेको हो। काठमाडौंका लागि अज्मतुल्लाह ओमारजाईले सर्वाधिक ३८, सुमन गौतमले १८, एलेक्स ब्लेकले ११ र वसिर अहमदले १० रन जोड्दा कमल ऐरी १९ रनमा अविजित रहे।

लुम्बिनीको जितमा उत्कृष्ट बलिङ गर्दै हर्मितसिंहले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए। किसोर महत्तो, सेड्ली भान स्केल्कवेक, तिलक भण्डारी र ह्यारि टेकटरले समान एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन जोडेको थियो। लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४०, लाहिरु मिलन्था २५, कुशल भुर्तेलले १९, अनिल शाह १३ हर्मितसिंहले १२ जोड्दा  सेड्ली भान स्केल्कवेक २१ रनमा अविजित रहे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *