पुटिनले अमेरिका, फ्रान्स र जर्मनलाई नयाँ वर्षको शुभकामना नदिने

डिसी नेपाल
१६ पुष २०७९ ८:०५

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रजी नयाँ वर्षको शुभकामना नदिने भएका छन्। रुसी प्रशासन क्रेमलिनले उक्त जानकारी दिएको हो।

विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन–मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन्।

तर, पुटिनले युक्रेनमा पुटिनको आक्रमणलाई लिएर मस्कोमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका अमेरिका, फ्रान्स र जर्मनीलाई नयाँ वर्षको शुभकामना दिने छैनन्। ‘हामीसँग हाल उनीहरूसँग कुनै सम्पर्क छैन’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने। पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला सुरु गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *