बेलारुसले आफ्नो क्षेत्रमा प्रवेश गरेको युक्रेनी मिसाइल खसाल्यो

डिसी नेपाल
१६ पुष २०७९ १०:५५

काठमाडौं । बेलारुसले युक्रेनका राजदूतलाई बोलाएको छ । उनीहरूले बेलारुसको सिमानामा प्रवेश गरेको युक्रेनको हवाई रक्षा मिसाइल खसालेको बताएका छन् ।

रुसबाट लगातार हवाई हमला भइरहेका बेला यो घटना भएको हो । मिसाइलको भग्नावशेष बेलारुसको सरकारी टेलिभिजनमा देखाइएको छ।

युक्रेनी सेनाका प्रवक्ताले दुर्घटना “हवाई प्रतिरक्षाका कारण भएको” बताएका छन्। एस-३०० रकेट खसेपछि बेलारुसले युक्रेनसँग छानबिन गर्न माग गरेको बेलारुस रुसको सहयोगी हो।

फेब्रुअरीमा रुसको आक्रमणपछि बेलारुसले युक्रेनबाट मिसाइल खसालेको यो पहिलो पटक हो।

“बेलारुसले यो घटनालाई गम्भीरताका साथ लिइरहेको छ,” बेलारुसको विदेश मन्त्रालयका प्रवक्ता एन्टोनी ग्लाजले समाचार एजेन्सी रोयटर्सलाई भने।

उनले युक्रेनलाई “भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक कदम चाल्न” आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *