२१ वर्षअघि हराएको बहुमूल्य चिज शौचालयमा भेटिएपछि महिला रुन थालिन् !

डिसी नेपाल
१६ पुष २०७९ १३:३२

काठमाडौं । २१ वर्षपछि एउटी महिलाले आफ्नो हराएको बहुमूल्य वस्तु भेट्टाइन् र उनको खुसीको कुनै सीमा रहेन। महिलाको आँखामा आँसु आयो । चाखलाग्दो कुरा के छ भने यो चिज उनको शौचालयमा थियो । वर्षौंदेखि उनले यसलाई खोजिरहेकी थिइन् । तर उनले सफलता पाउन सकिनन् ।

एनवाईपोस्टका अनुसार यो घटना अमेरिकाको फ्लोरिडाको हो, जहाँ विवाह हुनुअघि शैना डे नामकी महिलाको हीराको औंठी कतै हराएको थियो । उनले लाखौं पटक प्रयास गरिन् तर औंठी कतै भेटिएन। शैनाललाई त्यो ट्वाइलेट फ्लसमा बगेको हुनसक्ने डर भयो । त्यही भएर केही समयपछि उनले खोज्न छाडिन् ।

तर अब २१ वर्षपछि शैनाले आफ्नो हराएको औंठी पाएकी छिन् । यो उनको इन्गेजमेन्ट औँठी थियो जुन विवाह अघि नै हराएको थियो। हालै शैनाको घरको शौचालयमा औंठी भेटिएको थियो । यो थाहा पाउँदा उनी छक्क परिन् । उनका सम्झनाहरू यो औंठीसँग जोडिएका थिए। त्यो पनि निकै महँगो थियो ।

वास्तवमा, शैनाकी सासु रेनीले ट्वाइलेट सिट परिवर्तन गरिरहेकी थिइन् । त्यसपछि उनले हीराको औंठी पाइन् । जब उनले क्रिसमसमा शैनालाई यो देखाइन्, उनी छक्क परिन्। इन्गेजमेन्टको औंठी देखेर शैना र उनका श्रीमान भावुक भए ।

सेप्टिक ट्याङ्कीबाट घरको कुना कुना खोज्यौं तर औँठी कतै नभेटिएको शैनाले बताइन् । तर यो शौचालयमा मात्रै हुने अपेक्षा गरिएको थिएन। औंठी पाएपछि शैनाको आँखाबाट आँसु आयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *