पोप बेनेडिक्ट सोह्रौंको ९५ वर्षको उमेरमा निधन

डिसी नेपाल
१६ पुष २०७९ १८:०२

काठमाडौं । क्याथोलिक क्रिस्चियनहरूका सर्वोच्च नेता (पोप) पोप बेनेडिक्ट सोह्रौंको भ्याटिकनस्थित आफ्नै घरमा निधन भएको छ। उनी ९५ वर्षका थिए ।

सन् २०१३ मा अस्वस्थताका कारण पोपको पद त्यागेका बेनेडिक्ट सोह्रौंले सन् २००५ को अप्रिलदेखि फेब्रुअरी २०१३ सम्म क्याथोलिक चर्चको पोपको जिम्मेवारी सम्हालेका थिए । उनी ग्रेगरी बाह्रौंपछि आफ्नो पदबाट राजीनामा दिने पहिलो पोप थिए।

उनले आफ्नो जीवनको अन्तिम समय भ्याटिकनको प्रसिद्ध क्याथोलिक चर्चको परिसरमा रहेको मठमा बिताए।

उनको मृत्युपछि जारी गरिएको विज्ञप्तिमा भ्याटिकन चर्चले भनेको छ, “पोप बेनेडिक्ट सोह्रौं, माननीयको आज बिहान ९:३४ बजे भ्याटिकनस्थित एमई मठमा निधन भएकोमा दुःखका साथ जानकारी गराउन चाहन्छौं। थप जानकारी सकेसम्म चाँडो दिइनेछ।”

भ्याटिकन चर्चले मानार्थ पोपको पार्थिव शरीरलाई जनवरी २ देखि सेन्ट पिटर्स बासिलिकामा राखिने र त्यहाँ मानिसहरूले उनलाई भेट्न सक्ने बताएको छ। उनको अन्तिम संस्कारको बारेमा केही घण्टामा जानकारी दिइने पनि संस्थाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *