नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनमा भीषण आक्रमण

डिसी नेपाल
१७ पुष २०७९ ११:३०
100
Shares

काठमाडौं । युक्रेनी अधिकारीहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले कीभमा दर्जनौं मिसाइलहरू प्रहार गरेको बताएका छन् । आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ ।

युक्रेनको राजधानी किभका मेयर भिटाली क्लुस्कोले सहरमा धेरै विष्फोट भएको बताएका छन् । त्यहाँ धेरै क्षति भएको छ र कम्तिमा एक जनाको मृत्यु भएको छ।

पछिल्लो आक्रमण रुसको ठूलो हवाई हमलाको दुई दिनपछि भएको हो। दुई दिनअघि भएको हवाई हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

माइकोलाइभका गभर्नर भिटाली किमले फेसबुकमा रुसको मिसाइल आक्रमणको पुष्टि गरेका छन्। उनले भनेका छन् कि आक्रमणकारीहरूले हाम्रो नयाँ वर्षको उत्सव बिगार्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *