लगातारको हिंसात्मक प्रदर्शनपछि अब पाकिस्तानको ग्वादरमा शान्ति, आज पसलहरु खुल्ने
काठमाडौं । पाकिस्तानको अरब सागरको तटमा रहेको सहर ग्वादरमा अवैध माछा मार्नेलाई लिएर केही दिनदेखिको हिंसात्मक प्रदर्शनपछि पसल र व्यवसायहरू फेरि खुल्न थालेका छन्।
ग्वादरमा यस हप्ताको सुरुमा प्रदर्शनकारी र सुरक्षा बलहरूबीच भएको हिंसात्मक झडपपछि मोबाइल र इन्टरनेट सेवाहरू बन्द छन्।
ग्वादर क्षेत्रमा भएको उक्त प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । समुन्द्रमा माछा मार्ने स्वदेशी तथा विदेशी ट्रलरको संख्या निरन्तर बढ्दै गएको आन्दोलनकारीको भनाइ छ । तीमध्ये धेरै ट्रलर चीनका पनि छन्।
जसका कारण आफ्नो जीविकोपार्जनमा लगातार नोक्सान भइरहेको भन्दै आन्दोलनकारी चिन्तित छन् ।
यस हिंसामा एक प्रहरीको मृत्यु भएको छ । यस प्रदर्शनमा संलग्न भएको दाबी गर्ने एक सयभन्दा बढी प्रदर्शनकारीलाई प्रशासनले नियन्त्रणमा लिएको छ ।
ग्वादर चीन र पाकिस्तान दुवैका लागि निकै महत्त्वपूर्ण ठाउँ हो। किनभने ग्वादर चीनको सिनजियाङ प्रान्तलाई दक्षिणपश्चिममा अरब सागरसँग जोड्ने प्रस्तावित आर्थिक करिडोरको अर्को छेउमा छ।







डिसी नेपाल







Facebook Comment