लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै

डिसी नेपाल
१७ पुष २०७९ १३:१५
52
Shares

दाङ। लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदै छन्। प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरुलाई शपथग्रहण गराउन लागिएको हो।

केही बेरमा शपथग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। प्रदेशसभा सदस्यहरुलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने कार्यक्रम छ। प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेशसभा भवनमा शपथग्रहण गराउन लागिएको उनले बताए।

लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन्। जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन्। नेकपा (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक/एक प्रदेशसभा सदस्य छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *