साउथ चाइना सीलाई लिएर अमेरिका र चीनबीच टकराव बढ्यो

डिसी नेपाल
१७ पुष २०७९ १३:४१
72
Shares

काठमाडौं । चीनको रक्षा मन्त्रालयले शनिबार एक अमेरिकी लडाकु विमानले दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ।

यो घटना दश दिन अघिको हो । चीनले अमेरिकी लडाकु विमानले चिनियाँ विमानलाई चुनौती दिँदै चिनियाँ पाइलटको ज्यान जोखिममा पारेको बताएको छ ।

यस हप्ताको सुरुमा अमेरिकी सेनाले चिनियाँ नौसेनाको लडाकु विमान अमेरिकी विमानको तीन मिटर भित्रबाट गुज्रिएको बताएको थियो।

स्थिति टक्करको विन्दुमा पुगेको र अमेरिकी विमान यसबाट बच्न बाध्य भएको अमेरिकाले जनाएको छ । अमेरिकी पक्षका अनुसार यो घटना पारसेल टापु नजिकैको विवादित क्षेत्रमा भएको हो ।

चिनियाँ प्रवक्ताले अमेरिकाले यस घटनाको जानकारी दिएर अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गरेको बताएका छन् । चीन, ताइवान र भियतनामले पारासेल टापुहरू वरपरको पानीमा आफ्नो अधिकार दाबी गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *