चीनले बुद्ध धर्मको अन्त्य गर्ने प्रयास गरिरहेको दलाइ लामाको आरोप

डिसी नेपाल
१७ पुष २०७९ १३:५६
44
Shares

काठमाडौं । बौद्ध धर्मगुरु दलाई लामाले चीनले बौद्ध धर्मलाई नष्ट गर्न खोजेको तर सफल नहुने बताएका छन् । दलाई लामाले बिहारको बोधगयास्थित कालचक्र मैदानमा आयोजित शिक्षण कार्यक्रमको अन्तिम दिन (शनिबार) सम्बोधन गर्दै थिए ।

उनले चीनले बुद्ध धर्मलाई विष मानेको आरोप लगाए । उनले धर्म उन्मूलन र चीनबाट हटाउन व्यवस्थित अभियान चलाएको आरोप लगाए। उनले भने, “हाम्रो बुद्ध धर्ममा गहिरो आस्था छ। हिमालय क्षेत्रमा गएपछि स्थानीय जनता धर्मप्रति समर्पित देखेँ।”

“चीनले धर्मलाई विष मानेर उन्मूलन गर्ने प्रयास गरे पनि मैले मङ्गोलिया र चीनमा यस्तै समर्पण देखेको छु। चिनियाँ बौद्ध धर्मलाई नष्ट गर्न सकिँदैन। त्यहाँ अझै पनि बुद्ध धर्म मान्नेहरू धेरै छन्।” दलाई लामाले चीनले धेरै बुद्ध गुम्बा ध्वस्त गरिदिए पनि चीनमा बुद्ध धर्म मान्नेहरुको संख्या नघटेको बताए ।

उनले भने, “म र बुद्ध धर्ममा आस्था राख्नेहरूले बोधिचित्त (आध्यात्मिक जागरण) ग्रहण गर्नुपर्छ। तपाईं तिब्बती हुनुहोस् वा मङ्गोलियन वा चिनियाँ, चीनमा धेरै बौद्ध मठहरू छन्। त्यहाँ धेरै बौद्ध विहारहरू छन्। मानिसहरूको मनमा बौद्ध धर्म र बुद्ध छन् । चिनियाँ जनताको बुद्ध धर्मसँग धेरै पुरानो सम्बन्ध छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *