भारत र पाकिस्तानले एकअर्कालाई आ-आफ्ना परमाणु प्रतिष्ठानहरूको जानकारी दिए
काठमाडौं । भारत र पाकिस्तानले आज आफ्ना आणविक प्रतिष्ठानहरूको बारेमा एक अर्कासँग जानकारी साझा गरेका छन्। यो जानकारी आणविक प्रतिष्ठानहरुमा आक्रमण रोक्ने सम्झौता अन्तर्गत दुई देशहरु बीच साझा गरिएको थियो।
यो सम्झौता भारत र पाकिस्तान बीच ३१ डिसेम्बर १९८८ मा हस्ताक्षर भएको थियो, जुन २७ जनवरी १९९१ देखि लागू भएको थियो। यसअन्तर्गत प्रत्येक वर्ष जनवरी १ मा दुवै देशले एकअर्कालाई आफ्ना आणविक प्रतिष्ठानबारे जानकारी दिनेछन्।
यो सूची यस वर्ष ३२ औं पटक साझा गरिएको छ। पहिलो सूची १९९२ मा हस्तान्तरण गरिएको थियो। यसका साथै भारत र पाकिस्तानले आफ्नो हिरासतमा राखिएका आम कैदी र माछा मार्ने माझीहरुको जानकारी पनि साझा गरेका छन् ।
भारतले ३३९ सामान्य पाकिस्तानी कैदी र ९५ माछा मार्नेहरूको सूची साझा गरेको छ। अर्कोतर्फ पाकिस्तानले आफ्नो बन्दीगृहमा ५१ जना भारतीय कैदी र ६५४ जना मछुवा रहेको बताएको छ ।
भारत सरकारले सर्वसाधारण कैदी, बेपत्ता सैनिक, माछा मार्ने डुङ्गासहितको शीघ्र रिहाइ र स्वदेश फिर्ता गर्न माग गरेको छ । यसै सन्दर्भमा भारतले ६३१ माछा मार्ने र दुई जना साझा बन्दीको रिहाइ र फिर्ताको प्रक्रियालाई तिब्रता दिन आग्रह गरेको छ ।
यससँगै बाँकी ३० जना माछा मार्ने र २२ जना सर्वसाधारण कैदीलाई कन्सुलर सुविधा उपलब्ध गराउन माग गरिएको छ ।







डिसी नेपाल







Facebook Comment