हिमाल चढ्न गएका पर्यटकको हिमपहिरोमा पुरिएर मृत्यु
काठमाडौं । चार हजार फिटभन्दा अग्लो हिमालमा गएका एक व्यक्ति दुर्घटनाको सिकार भएका छन् । एक्कासी हिमपहिरोमा परेर उनले ज्यान गुमाए । जबकि उनका साथी गम्भीर घाइते भएका छन् । तर, उनको ज्यान जोगिएको छ । उनलाई उद्धार गर्न हेलिकप्टरको सहारा लिनुपरेको थियो । घटना स्कटल्याण्डको हो ।
‘द सन’का अनुसार बेन नेभिस स्कटल्याण्डको सबैभन्दा अग्लो हिमाल हो जसको उचाइ ४ हजार ४११ फिट छ। यहाँ ४९ वर्षीय बेलायती पर्वतारोहीको उचाइबाट खसेर मृत्यु भएको छ । हिमपहिरोको ठक्करबाट उनी हिउँमा पुरिएका थिए । तर, उनका साथी भाग्यमानी भएकाले यो दुर्घटनामा उनको ज्यान जोगियो ।
स्कटल्याण्ड प्रहरीले शुक्रबार दिउँसो करिब ३.३५ बजे हिमपहिरोको बारेमा थाहा पाएको बताएको छ । त्यसपछि घटनास्थलमा हिमाल उद्धार टोली र हेलिकप्टर पठाइएको थियो । खराब मौसमका कारण उद्धारमा समस्या भए पनि पछि शव निकालिएको थियो । जबकि ४० वर्षीय पुरुषलाई उपचारका लागि अस्पताल लगिएको थियो । यो अपरेशन आठ घण्टा लाग्यो।
दुवै आरोही हिमालको चुचुरो नजिकै रहेको प्रतिवेदनमा उल्लेख छ । तर त्यसपछि हिमपहिरो सुरु भयो। हिमपहिरोले पुरिएर एक आरोहीको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । उनलाई निकै कठिनाईले बाहिर निकालियो ।
घाइतेलाई फोर्ट विलियमको बेलफोर्ड अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको अवस्था स्थिर रहेको बताइएको छ। जबकि मृतकलाई आफन्तको जिम्मा लगाइएको छ ।







डिसी नेपाल







Facebook Comment