जमिनबाट निस्कियो ४८ करोडको खजाना, २ जना मिलेर सरकारलाई थाहै नदिइ बेचिदिए

डिसी नेपाल
१७ पुष २०७९ १६:४२
6.7k
Shares

काठमाडौं । जमिन खन्ने क्रममा अचानक दुईजनाको हातमा करिब ४८ करोड रुपैयाँको खजाना परेको छ । तिनीहरूले पुरातन सुनका सिक्का चाँदीका सिल्लीहरू, औंठीहरू र अन्य धेरै गहनाहरू जमिनमुनिबाट फेला पारे।

तीमध्ये धेरै ५ औं शताब्दीका थिए। तर, उनीहरूले खजाना सरकारलाई हस्तान्तरण गर्नुको सट्टा बजारमा बेचेका छन् । यसबाट उनीहरूले करोडौं रुपैयाँ कमाए । तर अहिले ती व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । उनीहरुबाट रकम असुल्न पनि निर्देशन दिइएको छ । यो घटना बेलायतको हेरफोर्डशायरको हो ।

डेली मेलका अनुसार अपराधीहरूले मेटल डिटेक्टरको साथ २०१५ मा हेरफोर्डशायर फार्मल्याण्डमा यो खजाना पत्ता लगाएका थिए। यो खजानाको मूल्य ३ मिलियन पाउण्ड (४८ करोड रूपैयाँ) बताइएको छ । यो जमिन निजी सम्पत्ति थियो। तर उनीहरूले त्यो खजानाको बारेमा सम्पत्तिको मालिकलाई पनि बताएनन्।

उनीहरूले जमिनमा गाडिएको खजाना फेला पारे र सुनका सिक्का, औंठी आदि बाहिर बजारमा बेचे । ट्रेजर ऐन १९९६ अन्तर्गत उनीहरुले यो जानकारी प्रशासनलाई दिनुपर्थ्यो ।

२०१९ मा, ४१ वर्षीय जर्ज पावेल र ५४ वर्षीय लेटन डेभिस चोरी, आपराधिक सम्पत्ति लुकाउने र बेच्ने षड्यन्त्रमा दोषी पाइएका थिए। अदालतले दुवैलाई ११ वर्ष ६ महिनाको जेल सजाय सुनाएको थियो जसमा पावेललाई साढे ६ वर्ष र डेभिसलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो ।

तर, अब अदालतले यस विषयमा अर्को आदेश दिएको छ । यस अन्तर्गत पावेल र डेभिसले तत्काल १२ लाख पाउण्ड (करिब १९ करोड रुपैयाँ) तिर्नुपर्नेछ । गत बुधबार, वर्सेस्टर क्राउन कोर्टले सुनुवाई पछि यो फैसला सुनायो।

डेभिस र पावेलले यो रकम तीन महिनाभित्र तिर्नुपर्नेछ। यदि उनीहरूले समयमै तिर्न असफल भएमा उनीहरूलाई विद्यमान साढे ११ वर्षको सजायको अतिरिक्त पाँच वर्ष चार महिना जेल सजाय हुनेछ।

न्यायाधीश निकोलस कार्टराइटले डेभिस र पावेललाई “लोभी र स्वार्थी” भनेर वर्णन गरे। उनले धेरै सामान कालोबजारीमा बेचेर मनग्य आम्दानी गरेको पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *