उत्तर कोरियाको आणविक हतियारको भण्डार धेरै गुणा बढ्छ : किम जोङ उन
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिका र दक्षिण कोरियाको खतरासँग जुध्न आणविक हतियारको भण्डार धेरै गुणा बढाउने कुरा गरेका छन् ।
आफ्नो सत्तारुढ वर्कर्स पार्टीलाई सम्बोधन गर्दै किम जोङ उनले उत्तर कोरियाको ध्यान ठूलो मात्रामा रणनीतिक आणविक हतियार उत्पादनमा केन्द्रित हुने बताएका छन् ।
उनले आणविक हमला भएमा तत्काल मार्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रणालीको विकास गर्ने घोषणा पनि गरेका छन् ।
नयाँ वर्षको पहिलो दिन उत्तर कोरियाले हतियार परीक्षण गरेको छ । त्यसपछि दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तर कोरियाले आणविक हतियार प्रयोग गर्ने प्रयास गरेमा किम जोङ उनको शासन समाप्त हुने चेतावनी दिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment