राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्छः केपी ओली

डिसी नेपाल
१७ पुष २०७९ १७:०९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेल लगाएत सवै ठाँउमा अनुशासनको आवश्यकता रहेको भन्दै फउल गरे राजनीतिमा समेत रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका हुन् ।

उनले शिक्षा र स्वास्थ्यको आवश्यकतासँगै समाजमा अनुशासनको पनि आवश्यकता रहेको धारणा राखे ।

अनुशासन र नियममा चल्न नसके केहि पनि रहन नसक्ने उनको भनाइ छ । उनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफुले सरकारसँग आग्रह गर्ने बताए । ओलीले अझै पनि खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने जिकिर गरे ।

कार्यक्रममा ओलीले केहिबेर टेबल टेनिस खेलेका थिए भने खेलाडीहरुले बिभिन्न कलाकौशल प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *