आम जनता पार्टीले तोक्यो मधेश प्रदेशका जिल्ला संयोजक

डिसी नेपाल
१७ पुष २०७९ १७:१३

काठमाडौं, १७ पुस । प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेश प्रदेशका आठ जिल्लामा संयोजक, सचिव र इन्चार्ज तोकेको छ ।

पार्टीको अन्तरिम विधान २०७९ बमोजिम मधेश प्रदेशका आठवटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेको अध्यक्ष साहले जानकारी दिए ।
उनका अनुसार पर्सा संयोजकमा कदम रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक रहेका छन् ।

यसैगरी, बारा संयोजकमा उमेश कुश्वाहा, सचिवमा राजकिशोर साह र इन्चार्जमा अशोक लामा छन् । रौतहट संयोजक धर्मेन्द्र पटेल, सचिव पलट चौधरी र इन्चार्जमा त्रिभुवन साह तोकिएका छन् ।

सर्लाही संयोजकमा तुल्सीप्रसाद हुमागाईं, सचिवमा नविन साह र इन्चार्ज रिता देवी, महोत्तरी संयोजकमा विजय साह, सचिवमा प्रमोद महतो र इन्चार्जमा राधेश्याम साह तोकिएका छन् ।

धनुषा संयोजकमा श्रीलाल महासेठ, सचिवमा बलदेव साह र इन्चार्जमा श्रीलाल महासेठ, सिरहा संयोजकमा उदय साह, सचिवमा धर्मेन्द्र महरा र इन्चार्जमा बिल्टु यादव र सप्तरी संयोजकमा शिवकुमार महरा, सचिवमा सुनिल राज दास र इन्चार्जमा आरडी आजादलाई तोकिएको अध्यक्ष साहले जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *